नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

मस्त्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरधाम, धनुषा

मस्त्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरधाम, धनुषा

Visit Website
नेपालमा मत्स्यपालनको विस्तार तथा विकास ध्येयले वि.स. 2013 सालमा भारतबाट कमन कार्प जातको माछा भुरा ल्याई बालाजुको पोखरीमा हुर्काएर आधुनिक मत्स्यपालनको शुरुवात गरिएको थियो | हुनत नेपालमा माछा मार्ने चलन परम्पराकल देखि नै चलिआएको छ | नेपालका केहि समुदायहरु जस्तै’:- मलाह, माझी, बोटे, जलारी तथा थारु र दनुवार आदि जातिहरुले प्राकृतिक जलाशयहरुबाट माछा संकलन गरी बेचबिखन वा उपभोग गर्ने कार्य गर्दै आएको विदितै छ | यद्यपी, नेपालमा मत्स्यपालनको ईतिहास त्यति पुरानो छैन | वि.सन् 2013 सालमा उक्त कमान कार्पको भुरालाई सफलतापुर्वक हुर्काई सकिएपछि वि.सन् 2016 र 17 सालमा क्रमशः ईजराईली कार्प र कमन कार्पमा गरिएको सफल प्रजनन् पश्चात् हासिल गरेको सफलताबाट उत्साहित भई नेपालमा मत्स्यपालन कार्यको विस्तार गर्ने क्रमको शुरुवात भयो |