नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम

Visit Website
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत संचालित बिभिन्न बस्तु बाली कार्यक्रम मध्ये एक हो l यो अनुसन्धान कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका पशु तथा मत्स्य निर्देशक अन्तर्गत रहेर अनुसन्धान कार्य संचालित गर्ने गरिन्छ l यसको उत्पत्ति वि. स. 2048 सालमा तत्कालीन पशु विकास तथा पशु स्वास्थ्य बिभाग अन्तर्गत खुमलटार ललितपुरमा रहेको पशु विकास फार्म बाट भएको हो l वि. स. 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद स्थापना हुँदा यसको नाम राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम थियो l वि. स. 2069 सालमा राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम छुट्टिएर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रममा बिभाजन भयो l वि. स. 2071 सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर, चितवनमा सर्यो l त्यसैगरी राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीमा भयो l हाल राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपालको मध्य भागमा 25 हेक्टर क्षेत्रफलमा अवस्थित छ l यो चाहि चितवनको जिल्ला सदरमुकाम भरतपुर देखि 10 किलोमीटर पश्चिममा रहेको छ l

कार्यालय सँग सम्बन्धित अन्य जानकारीहरू