नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

उष्ण प्रदेशीय बागवानी केन्द्र

उष्ण प्रदेशीय बागवानी केन्द्र

Visit Website
प्रदेश नम्बर 2 अन्तर्गत पर्ने सर्लाही जिल्लामा रहेको हाल लालबन्दि नगरपालिका-01 (पहिले नेत्रगञ्ज गा.वि.स.वार्ड नं.-6, नवलपुर) मा अवस्थित यस उष्ण प्रदेशिय बागवानी केन्द्र, नवलपुरको वि.सं. 2029 साल आषाढ 12 गते बृहत बागवानी केन्द्रको नाममा उष्ण तथा न्यानो सम-शितोष्ण फलफूल, तरकारी तथा आलङ्कारिक बोटहरुको उच्च गुणस्तरीय बीउ एवं बिरुवाको उत्पादन गरी आपुर्ति गर्ने र सो बालीहरुको उपयुक्त जात र खेती प्रविधिको खोजी एवं विकास गरी कृषक समक्ष पुऱ्याई उनीहरुको जीवनस्तर माथी उकास्ने मुख्य उद्देश्यका साथ स्थापना भएको हो । कृषि निकायको समयानुकुल संगठनात्मक संरचना हेरफेर एंव परिवर्तन हुँदै 2052 साल श्रावण देखि यस केन्द्रको नाम “उष्ण प्रदेशीय बागवानी” केन्द्र रहन गएको हो । कुल 185.54 हेक्टर क्षेत्रफल रहेको यस केन्द्रमा भारत, पाकिस्तान, अमेरीका, थाइलैण्ड लगायत नेपालका विभिन्न सरकारी तथा निजी फार्म केन्द्रहरुबाट विभिन्न फलफूल, तरकारी एवं आलङ्कारिक बोटबिरुवाका बीउ एवं बिरुवा ल्याई जातीय संरक्षण तथा सम्बर्धन तर्फ आँपमा आम्रपाली, मल्लिका, निलम सहित 35 जात, लिचीमा 9 जात, अम्बामा 6 जात, केरामा 5 जात, एभोकाडोमा 5 जात, नरिवलमा 2 जात, रुखकटहरमा 3 जातका साथै सपोटा, काठे बदाम, मेकाडेमियानट, सुपारी, बडहर, अनार, बयर, इमली आदि तथा तरकारी बाली तर्फ गोलभेडामा 5 जात, आलुमा 7 जात, भण्टामा 3 जात, काउलीमा 2 जात, मुलामा 2 जातका साथै रामतोरीया, लौका, काँका, फर्सि, घिरौला, बोडी आदि र आलङ्कारिक बोट तर्फ गुलाबमा 77 जात, बोगेनबेलीयामा 24 जात, क्रोटनमा 25 जात, पाममा 7 जात, रबर प्लान्टमा 3 जातका साथै मालती, धूपी, अशोक, गुनकेशरी, रुद्राक्ष र सुगन्ध कोकीला जस्ता अनेकौ बोटबिरुवाहरुको माउबोटहरु लगाई तिनको जातीय संरक्षण, सम्बर्धन गरी उपयुक्त जातहरुको बीउ, बेर्ना, बिरुवा उत्पादन गरी कृषकस्तरमा बिकी बितरण गरिन्छ ।