नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

पशु सेवा विभाग

पशु सेवा विभाग

Visit Website
नेपालको कृषि प्रणालीमा पशुपंक्षीपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालन व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । बि.सं. 1996 मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी बि.सं. 1996 मा पशु चिकित्सालयमा परिणत भएको थियो । वि.सं. 2014 साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना भयो । पशु स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएकोले भारत, FAO / OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा पर्‍याउन 33 वटा अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना भए । यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । वि.सं. 2023 सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौं पंचबर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यबस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पर्‍याउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । बि.सं. 2029 सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपमा लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभिएको थियो ।

कार्यालय सँग सम्बन्धित अन्य जानकारीहरू