नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

सोधिरहने प्रश्नहरू

माटो हरेक प्राणीको वासस्थल हो । माटो बोटबिरुवा बाँच्नको लागि चाहिने आधार र तिनको खाद्य तत्व प्राप्त गर्ने मुख्य स्रोत हो । माटो निर्जिव वस्तु भए तापनि जीवित वस्तुले जस्तै माटोले गर्ने योगदानको आधार र माटोमा वस्ने सूक्ष्म जीवहरू ढुसी, ब्याक्टेरिया, एक्टनोमाइसिस, जमिनमा हुने खपटे, गड्यौला, माटो खन्ने जीव, खजुरा आदि जीवित वस्तुहरू भएकोमा बोटबिरुवा फस्टाउँछ। ती जीवले प्राङ्गारिक पदार्थ सडाउन मद्दत गदर्छन र बिरुवालाई चाहिने खाद्य तत्व प्राप्त हुन्छ । त्यस्ता माटोलाई सजीव माटो भनिन्छ ।तर बिरुवालाई फाइदा गर्ने जीवहरूको उपिस्थति नगण्य भएको र प्राङ्गारिक पदार्थ सडाउन गाह्रो भएको माटो जहाँ बोटबिरुवा फस्टाउँदैन भने त्यसलाई मृत माटोको रूपमा लिन सकिन्छ ।
चट्टानहरू खिइएर प्राङ्गारिक र अप्राङ्गारिक पदाथर्हरू मिलि बनेको पदार्थ माटो हो । माटोबाटै बोटबिरुवालाई चाहिने खाद्य पदाथर् प्राप्त हुन्छ । जैविक र अजैविक वस्तहरूु रहनेआधार नै माटो हो । माटोको भौतिक र रासायनिक गणु हरूको आधारमा तिनको प्रकार र उवर्रापन निभर्र रहन्छ साथै तिनका आधारमा खेतीपाती लगाउन उपयक्तु हुन्छ । खनिज तत्व (४५%), प्राङ्गारिक पदार्थ (५%), पानी (२५%) र हावा (२५%) मिलेर माटोको संरचना बनेको हुन्छ । माटोको संरचना बन्न पैतकृ तत्व, हावापानी, जैविक तत्वहरू (बिरुवा, जनावर र सूक्ष्म जीव), समय र धरातल तत्वको भूमिका रहन्छ ।
बिरुवालाई चाहिने प्रमुख सूक्ष्म खाद्य तत्त्व भएको, चिस्यान राखी रहन सक्ने क्षमता भएको, प्राङ्‍गारिक पदार्थ भएको, पीएच ६-६.८ भएको, पानीको निकास सजिलै हुन सक्ने, माथिको सतहमा प्रशस्त माटो भएको फाइदाजनक सूक्ष्म जीवहरु भएको माटोलाई उर्वर माटो भनिन्छ । बाली चक्र अपनाएर खेती गर्ने, कम्पोस्ट वा जनावरको मल, माटोको संरक्षण गर्ने, हरियो मल वा जमिन पूरा पूरा ढाक्ने वा बाली लगाउने, गाईभैंसी चराउने, प्रमुख वा सूक्ष्म खाद्य तत्त्व माटोमा थप राख्ने, खाद्य तत्त्व उडेर वा चुहिएर जान नदिने, माटो जँचाउने, भान्साबाट निस्केको जैविक फोहोर, काठपात, जरा, हाँगा, बायोग्याँसको लेदो, काठको धुलो, च्याउ बनाउँदा फालिएको पदार्थ, बायोचार आदि माटोमा राख्नाले माटोको उर्वरा शक्ति बढाउन सकिन्छ ।
माटो जाँच गराउनुका कारणहरु निम्न लिखित छन् । माटोमा बोटविरुवाको लागि आवश्यक खाद्य तत्त्वको मात्रा पत्ता लगाउन, आवश्यक मलखादको मात्रा सिफारिस गर्न, खास बालीको लागि उपयुक्त छ/छैन थाहा पाउन, माटोमा हुने समस्याहरु जस्तै अम्लीयपना, क्षरियपना, नुनको मात्रा थाहा पाउन ।
माटोको नमुना लिन उपयुक्त समय भनेको बाली काटिसकेपछि मलखाद प्रयोग गर्नभुन्दा अगाडी र सुख्खा समय वा खेतबारीमा पानी नजमेको बेलामा लिनुपर्दछ ।
माटोको नमुना दुई किसिमबाट सङ्कलन गरिन्छ । अन्‍नबाली तथा तरकारी बालीको लागि फलफूल बाली (जस्तै आँप, लिचि, सु्न्तला, नास्पाती आदि)।
कृषि चुनको प्रयोग माटोको पीएच जाँच गरी आवश्यक मात्रामा मात्रै प्रयोग गर्नुपर्दछ । साधारण तथा कृषि चुनको प्रयोग बाली लगाउनुभन्दा कम्तीमा २/३ हप्ता अगाडी नै माटोमा एकनासले छरेर मिलाउनुपर्दछ । कृषि चुनको प्रयोग गर्दा माटोमा केही मात्रामा चिस्यान हुनुपर्दछ यदि सुख्खा भएमा हल्का सिँचाइ गर्नुपर्दछ ।
जीवजन्तुहरुको अवशेषहरु र वनस्पति जस्तै पराल, स्याउला, घाँस, गोबर रुखका हाँगा, पातपतिङ्गर, झारपात, भान्सा घरबाट तरकारी केलाएर निस्केका आदिलाई राम्ररी कुहाएर तयार गर्ने मललाई प्राङ्गारिक मल भनिन्छ । जस्तै कम्पोस्ट मल, गाईबस्तुको मल, हरियो मल आदि । यसले माटोमा कार्बनको मात्रा बढाउँदछ र बिरुवा राम्ररी बढ्न मद्दत पुर्‍याउँदछ र उत्पादन बढ्छ ।
माटोमा भएको प्राङ्गगारिक कार्बन र नाइट्रोजनको तौलको अनुपात नै Carbon र Nitrogen को अनुपात हो । कार्बन र नाइट्रोजनको अनुपात अल्फाअल्फाको पराल ११:१, मकैको ढोडमा ६०:१, धानको पराल ८०:१, कम्पोस्ट मल २०:१, काठको धुलो ४०:१, हुन्छ । कम्पोष्ट मल तयार गर्ने वस्तुमा Carbon र Nitrogen को उपयुक्त अनुपात करिब ३०:१ अथवा मात्र ३० भाग Carbon मा १ भाग नाइट्रोजन भएको राम्रो मानिन्छ ।
कम्पोष्ट मल तयार गर्न कति समय लाग्छ ? साधारण तथा कम्पोष्ट मल बनाउन ३ महिना जति लाग्छ तर मल तयार गर्न लाग्ने समय मल बनाउन प्रयोग गरेको वस्तुहरु र तापक्रममा भर पर्दछ । मल बनाउन कडा र सुकेको वस्तुहरु बढी भएमा बढी समय लाग्छ । त्यस्तै गरेर हरियो वनस्पतिहरु बढी भएमा चाँडो तयार हुन्छ । त्यस्तै गरेर गर्मी ठाउँभन्दा चिसो ठाउँमा बढी समय लाग्छ । त्यसैले तराईमा भन्दा पहाडमा कम्पोष्ट मल बनाउन बढी समय लाग्छ ।
साधारणयता कम्पोष्ट खाडल बनाउन आफूलाई आवश्यक हुने मलको मात्रामा भर पर्दछ तापनि १ मिटर लम्बाइ १ मिटर चौडाइ र १ मिटर गहिराइको उपयुक्त हुन्छ । यस्तो १ घनमिटरको खाल्डोबाट करिब १ टन कम्पोष्ट तयार हुन्छ । खाडल बनाउँदा आवश्यकताअनुसार लम्बाइ र चौडाइ बढाउन सकियो तर गहिराइ १ मिटरभन्दा बढी गर्नु हुँदैन ।
बिरुवालाई चाहिने खाद्य तत्त्वहरुको कमीका कारणले देखिने लक्षणहरुलाई साधारणयता ५ समूहमा बाँड्न सकिन्छ । १. बिरुवा नबढ्ने २. नसा स्पष्ट देखिने ३. पात पहेंलिने ४. बैजनी रातो रङ्गको हुने ५. पात कक्रक्क पर्दै सुक्ने हुन्छ । माटो र बाली विशेष बिरुवामा यस्ता फरक लक्षणहरु देखिन्छन् ।
जुन बालीका दानाहरु कोसाभित्र तयार हुन्छन् तिनलाई कोसेबाली भनिन्छ । जस्तैः बोडी, सिमी, भटमास, बकुल्ला, केराउ, रहर आदि । खेतमा कम्तीमा एक बालीकोसे बाली लगाउँदा हुने फाइदाहरु यिनीहरुले वायुमण्डलबाट नाइइट्रोजन प्राप्त गरीजरामा सञ्चित गर्दछन् त्यसैले यिनका जरामा गाँठा भएको देखिन्छ । कोसेबालीहरु भिञ्याउँदा यिनको जरा नउखेली जरा जमिनमा नै रहने गरी खेति भिञ्याउनुपर्दछ । त्यसले गर्दा पछि लगाउने बालीलाई माटोमा नाइट्रोजनको मात्रा अन्य बाली लगाएको माटोमा भन्दा बढी हुने साथै माटो खुकुलो र माटो मलिलो हुने भएकाले उत्पादन बढी हुने गर्दछ ।
धेरैजसो पशुपालक कृषकहरुले पशुपूत्रको सहि सदुपयोग नगरेको नै पाइन्छ । एक गाई वा भैँसीबाट प्राप्त हुने नाइट्रोजनमध्ये मूत्रमा गोबरमा भन्दा करिब दुई गुणा बढी हुन्छ । उदाहरणका लागि एक गाईलाई १०० भाग नाइट्रोजन खुवाइयो भने २० भाग त्यसको शरीरमा पोषणमा प्रयोग हुन्छ ८० भाग मूत्र र गोबरमा बाहिर निस्कन्छ । गोबर र पिसाबमा निस्कने ८० भागमध्ये ५२ भाग भूत्र र बाँकी २८ भाग गोबरमा रहन्छ । त्यसैले हामीले गोठलाई मूत्र संकलन गर्न मिल्ने गरी गाईभैँसी बस्ने ठाउँमा सिमेन्ट लगाई नाला बनाई एक ठाउँमा सिमेन्टको जम्मा हुने गरी बनाउने र त्यसलाई ड्रममा जम्मा गर्ने । जम्मा भएको मूत्रलाई ४ हप्तापछि ४ भाग पानी थपेर बिरुवाको जरामा सिँचाइ गरिएमा त्यसबाट बिरुवालाई चाहिने खाद्य तत्त्व प्राप्त गर्न सकिन्छ । कम उमेरको बिरुवामा राख्ने हो भने पानीको मात्र अझ थप गर्नुपर्दछ । पशुमूत्रलाई एक कालो ड्रममा गोबर मूत्र र पानीको मात्रा बराबर राख्ने र २ हप्तापछि ३ भाग पानी थपेर बिरुवाको फेंदमा राख्दा मल र माटोमा हुने किरा नियन्त्रणमा सहयोग पुग्दछ । पशुमूत्रलाई एक कालो ड्रममा मूत्र र पानीको मात्रा बराबर राख्ने र २ हप्तापछि ३ भाग पानी थपेर बिरुवाको पात र डाँठमा छर्दा विभिन्‍न प्रकारका कीरा र रोग नियन्त्रणमा सहयोग पुग्दछ । पशुमूत्रलाई एक कालो ड्रममा मूत्र २ भाग, पानीको मात्रा ५ भाग र विषादीय गुण भएका वनस्पतिहरु जस्तै तितेपाती, सिस्नो, असुरो, निम, बकाइनो आदिलाई ५ भाग ३ हप्तासम्म राख्ने र त्यसपछि १ महिनासम्मका तरकारीका बिरुवा भएमा ५ भाग पानी थपेर छान्‍ने अर्थात् एक महिनाभन्दा बढी उमेरका भएमा ३ भाग पानी थपेर छान्‍ने र बिरुवाको पात र डाँठमा छर्दा विभिन्‍न प्रकारका कीरा र रोग नियन्त्रणमा सहयोग पुग्दछ । यस्तो प्रकारको झोललाई १५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रममा राखेर पछि पनि प्रयोग गर्न सकिन्छ ।
हर्दिनाथ-२, सुक्खा धान-१, सुक्खा धान-२, सुक्खा धान-३, सुक्खा धान-४, सुक्खा धान-५, सुक्खा धान-६
स्वर्ण सब-१, सावा सब-१, जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाउँका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिनसम्म पानीले डुबाउदा पनि मर्दैन ।
दुई भिन्‍न आनुवांशिक श्रोत भएका धानहरुबीच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाइब्रिड धान भनिन्छ । यिनका उत्पादन क्रस गरिएका माउ जातहरुको भन्दा बढी हुन्छ ।
धान चार किसिमले लगाउन सकिन्छ: १०–१२ दिनको बेर्नाको जरा नचुडाई उखेली तरकारीको बेर्ना सारेजस्तो गरी रोप्ने एसआरआई तरिक, हिल्याएर ३–४ हप्ताको बेर्ना रोप्ने, पाखो जमिनमा धानको बिउ छर्ने वा लाइनमा रोप्ने, जमिन हिल्याएर बिउ छर्ने (छरुवा धान)
माटोको मलिलोपना, धानको जात र लगाउने तरिकाले बिउको मात्रा निर्धारण गर्दछ । साधारणतया १.६ केजी प्रतिकट्ठा वा २.५ केजी प्रतिरोपनी बिउ पर्याप्त हुन्छ ।
छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ ।
झारपात नियन्त्रणका लागि बेर्ना रोपेको २–३ दिनभित्र पानीमा पातलो झिल्ली हुने गरी ब्युटाक्लोर वा प्लेटिलाक्लोर २ मि.ली. प्रति लिटर पानीमा मिसाएर छर्दा झारका बिरुवा पनि सकिन्छ । एक बिघाको लागि २–३ केजी भए पुग्दछ ।
साधारण राम्रो बिउको व्यवस्थापन गरी लगाइएमा मात्र पनि १५ देखि २० प्रतिशत उत्पादन बढी दिन्छ र आम्दानी बढ्छ साथै खाद्य सुरक्षामा मदत पुग्दछ ।
राष्ट्रिय बिउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका बाली विशेष कार्यक्रम, स्थानीय स्तरमा रहेका बीजवृद्धि समूह या सहकारी, प्रमाणपत्र प्राप्त निजी कम्पनी र थप जानकारीको लागि कृषि ज्ञान केन्द्रमा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ ।
मकैको धानचमर निस्कने वेलामा वातावरणको तापक्रम १० डि.से. भन्दा कम र ३५ डि.से. भन्दा बढी हुनहुदैन , उक्त तापक्रमभन्दा घटी वा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ, त्यसैले सो समस्याबाट बच्न कात्तिक महिनामा मकै लगाउनु हुँदैन । त्यसको साटो असोजमा वा मङ्सिरमा मकै लगाउने गर्नुपर्दछ ।
मकैको धान चमरा निस्कने वेलामा वातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ ।मकै कस्तो जग्गा, हावापानीमा, कुन समयमा रोप्ने र मलखाद पानी र अन्य रेखदेख कसरी गर्ने भन्नेबारेमा उल्लेख भएको आधारमा लगाइएमा दाना नलाग्ने समस्या नआउन सक्दछ ।
पहिलो गोडाइ मकै उम्रेको ३ देखि ४ हप्ताभित्र गरिसक्नुपर्दछ र दोस्रो गोडाइ पहिलो गोडाइ गरेको ३ देखि ४ हप्तापछि गरिन्छ । दोस्रो गोडाइमा उकेरा दिइन्छ ।
साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशतभन्दा कम भएपछि भाँच्नु उपयुक्त हुन्छ ।
आदित्य, नेपाल २९७, बिजय, गौतम, भृकुटी जातहरू तातो हावा सहन सक्ने जातहरू छन् ।
भृकुटी, नेपाल ९७१ जातहरूले सुक्खा सहन सक्दछन् ।
गहुँको बिउ ४ केजी प्रतिकट्ठा वा ६ केजी प्रतिरोपनी आवश्यक पर्दछ ।
गहुँ छरेको २०/२५ दिनमा (शिखर जरा निस्कने वेला), बाला निस्कने समय र दाना भरिने समयमा सिँचाइ गर्नुपर्दछ । जानकारीको लागि गहुँको फूल खेलेको वेलामा सिँचाइ नगर्नु राम्रो हुन्छ ।
राष्ट्रिय बिउबिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका कार्यक्रम, स्थानीय स्तरमा रहेका एग्रोभेट, बिउ उत्पादक समूह/सहकारी निजी कम्पनी र जानकारीको लागि कृषि ज्ञान केन्द्रमा सम्पर्क गरी गहुँको स्रोतबिउ प्राप्त गर्न सकिन्छ
आलु जमिनमुनि फल्ने बाली भएको हुनाले यसको खेतीको लागि प्रशस्त प्राङ्गारिक पदार्थयुक्त, हल्का बलौटे दोमट माटो उपयुक्त हुन्छ । सिँचाइ सुविधा भएको, पारिलो स्थान यसको सफल खेतीको लागि उपयुक्त हुन्छ । बसैँपिच्छे एउटै जमिनमा लगातार आलु लगाउँदा रोग तथा किराको प्रकोप ज्यादा हुने भएकाले सम्भव भएसम्म घम्ते बालि प्रविधि अपनाउनुपर्दछ ।
हालसम्म नेपालमा आलुका ११ जातहरु (कुफ्रि ज्योती, कुफ सिन्दुरी, जनक देव, डेजिरे, खुमल सेतो, खुमल रातो, खुमल लक्ष्मी, आइ पी वाइ ८, खुमल उज्‍जल, खुमल उपहार, खुमल विकास) उन्मोचित भएका छन् भने ५ वटा जात (टिपीएस १, टिपीएस २, कार्डिनल, रोजिटा, एमएम ४२.२ ) पञ्‍जिकृत भएका छन् । यसरी जम्मा १६ वटा आलुका जातहरु कृषकसमक्ष खेतीका लागि सिफारिस गरिएका छन् । सफल खेतीका लागि कृषकले स्वास्थ्य बिउ आलु तथा आलु खेतीको लागि उपयुक्त स्थान छनौट गर्नुपर्दछ ।
कोसेबाली बाहेकका लहरे तरकारिहरु एउटै परिवाभित्र पर्दछन् । यो परिवारलाई अँग्रेजीमा कुकुरबिट भन्‍ने गरिन्छ । यस परिवारभित्रका तरकारीहरुमा काँक्रो, फर्सी/स्क्वास, लौका, घिरौला, पाटे घिरौला, झिंगनी, करेला, परबल, बरेला, स्कुस, चिचिण्डा, कुभिण्डो, तरबुजा, खरबुजा आदि पर्दछन् । सबै तरकारी बालीहरुको नपाकेको फल तरकारीको रुपमा प्रयोग गरिन्छ भने फर्सीको मुन्टा, कैंडा र पाकेको फल तरकारीको रुपमा प्रयोग गरिन्छ । यसै गरी स्कुसको पनि मुन्टा, फल र जराको गाना सबै तरकारीको रुपमा प्रयोग गरिएको पाइन्छ ।
लहरे तरकारी खेतीका लागि बर्सातमा पानी नजम्ने हल्का प्राङ्गारिक पदार्थयुक्त बलौटे पाँगो माटो राम्रो हुन्छ । तर माटोमा चिस्यानको मात्रा प्रशस्‍त हुनुपर्दछ । माटोको पीएच ५.५-६.५ सम्मका बाली राम्रो हुन्छ । यदि माटोमा पीएच ५.५ भन्दा कम भएमा बाली राम्रो हुँदैन । लहरे तरकारी गर्मी तथा न्यानो मौसमको बाली भएकाले तुसारो खप्न सक्दैन जाडो भएमा बिरुवाको बृद्धि पनि राम्रो हुँदैन । १८ डिग्री से. देखि २४ डिग्री से. तापक्रममा यसको खेती राम्रो हुन्छ । १२ डिग्री से. भन्दा कम तापक्रम भएमा बिउ उम्रँदैन र बोटको बृद्धि पनि राम्रो हुँदैन ।
तल्लो तथा मध्यपहाड (७००-१६०० मिटर) मा वैशाखदेखि असोजसम्म बेर्ना रोपी मध्य असारदेखि मध्य मंसिरसम्म गोलभेंडा फलाउन सकिन्छ । यसका लागि मुख्यतः तापक्रम महत्त्वपूर्ण हुन्छ । दिनको तापक्रम २४ डिग्रि से. र रातको तापक्रम १५ देखि २० डिग्री से. हुँदा गोलभेंडामा सबैभन्दा बढी फल लाग्छ र बढी उत्पादन पाउन सकिन्छ । योभन्दा तल या माथि भयो भने फल कम लाग्छ । दिनको तापक्रम ३२ डिग्री से. र रातको तापक्रम २१ डिग्री से. भन्दा बढी भएमा फल लाग्न नसक्ने वा अत्यन्त कम फल लाग्ने हुन्छ । त्यस्तै रातको न्यूनतम तापक्रम १३ डिग्री से. भन्दा घट्नु हुँदैन । रातको तापक्रम माथि बताइएको भन्दा बढी वा घटी भएमा गोलभेंडामा परागसेंचन नभई बोटमा फल लाग्न सक्दैन र बोटको बृद्धिमा पनि नकारात्मक असर पर्दछ । बर्सादले पनि बालीलाई नोक्सान पुराउँदछ तर प्लाष्टिकघरमा खेती गरी यसबाट जोगाउन सकिन्छ । त्यसो हुनाले नेपालको पहाडी भागमा असादेखि मंसिरसम्म अर्थात् बेमौसममा पनि गोलभेंडा उत्पादन गर्न सम्भव भएको हो र यो अवधिमा बढी तापक्रमकै कारणले गर्दा नेपालको तराई र भारतको अधिकांश समतल भागमा गोलभेंडा उत्पादन गर्न नसकिएको हो ।
खुल्ला संचित जातहरुमा पुसा रुवी, रोमा, मनप्रेकस, एनसिएस १ हुन् भने हाइब्रिड जातहरुमा सिेजना, अमिता, स्वरक्षा, सेन्स, सेरेस, भिएल ४४३, माकिस्, दलिला, टि ३०, सूर्य १११, सपेक्ट्रा, एक्सट्रा ७१७, नोभा, मारिना, मिन्टो, एनएस ८१५, एनएस ७१९, एनएस २५३५, एनएस ५३, खुमल हाइब्रिड २ खुमल हाइब्रिड ३, तराई तथा मध्यपहाड क्षेत्रमा सिफारिस गरिएका छन् भनेगौरव ५५५, अभिलास, रेड कभर, रेड ग्लोरी तराईको सिञ्‍चित क्षेत्रको लागि सिफारिस गरिएका जातहरु हुन् ।
सागपात तरकारी बालीसमूहमा रायो, चम्सुर, पालुङ्गो, स्वीस चार्ड, जिरीको साग, पार्सले, पाकचोइ, मेथी, धनिया आदि पर्दछ । यद्दपी मेथी, धनिया मसला बाली अन्तर्गतका बालीहरु हुन् । यी तरकारी सबै चिसो हावापानी मन पराउने बाली हुन् । यसबाहेक पनि गर्मी मन पराउने लट्टे र केही स्थानीय किसिमका साग खाने तरकारीहरु पनि प्रचलनमा भएको पाइन्छ । यी सागपातहरुमा भिटामिन ए साथै बी, सी, इ, प्रोटन, फलाम र क्याल्सियमजस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । यसको लागि प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको दोमन माटो राम्रो मानिन्छ । रायो, पार्सले, जिरीको साग, पाकचोय र स्वीसचार्डबाहेक अरु सबै पात समूहका तरकारीलाई सोझै तयार गरिएको जमिनमा छर्नुपर्दछ । यस्ता सागपात तरकारी छोटो समयमा तयार हुने भएकाले एकै सिजनमा धेरै बालीलिई बढी फाइदा लिन सकिन्छ ।
उष्ण प्रदेशीय फलफूल भन्‍नाले गर्मी सिजन मन पराउने फलफूल भन्ने बुझिन्छ । नेपालमा यी फलफूल तराई भित्री मधेर र तल्लो पहाडका बेसी, खोच, नदी किनारहरुमा सफलतापूर्वक खेती गर्न सकिन्छ । यी फलफूलहरुमा मुख्य रुपमा आँप, लिची, केरा, भुइँकटहर, रुख कटहर, अम्बा, मेवा, सुपारी, नरिवल, एभोकाडो, नट, बयर, सरिफा, सपोटा, काजु, सिउँडी फल आदि पर्दछन् ।
आँप विशेष गरी सामुन्द्रिक सतहदेखि २००-७०० मिटरसम्मको उचाइमा व्यवसायिक रुपमा गर्न सकिन्छ । यसको खेतीको लागि उपयुक्त तापक्रम २०-३० डि से हुन्छ भने यस्ले तुसारो र सुक्खा सहन सक्दैन । वार्षिक औसत वर्षा १५०-२५० से.मि. हुने ठाउँमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । आँपको नर्सरी गर्नको लागि ६०० मिटरभन्दा माथि उपयुक्त मानिदैन । कम देखि राम्रो मलिलोपना भएको माटोको पि.एच ४.५-७ र २ मि.गहिराइ भएको माटो आँप खेतीको लागि उपयुक्त मानिन्छ । पानी नजम्ने खालको निकास व्यवस्था राम्रो भएको माटोमा आँप खेती राम्रोसँग गर्न सकिन्छ ।