नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

व्यावसायिक कीट विकास केन्द्र

व्यावसायिक कीट विकास केन्द्र

Visit Website
कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोत साधनको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि उपयुक्त नीति निर्देशन एवं प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले वि.सं. 2052/4/1 मा कृषि विभाग अन्तर्गत व्यावसायिक कीट विकास महाशाखाको रुपमा स्थापना भई सञ्‍चालन हुदै आएको थियो । यस क्रममा वि.सं. 2057/4/1 देखि उक्त महाशाखा व्यावसायिक कीट विकास निर्देशनालयको रुपमा नामाकरण भई कार्यरत रही आएको थियो । देशको सङ्‌घीय नयाँ सांगठनिक संरचना अनुसार पुनः संरचना गर्ने क्रममा उक्त निर्देशनालयको समेत पुनः संरचना भई कृषि विभाग मातहत नै व्यावसायिक कीट विकास केन्द्र कायम भई तोकिएको कार्यादेशानुसार कार्यसम्पादन गर्दै आईरहेको छ ।