नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

व्यावसायिक कीट विकास केन्द्र, हरिहरभवन, ललितपुर

व्यावसायिक कीट विकास केन्द्र, हरिहरभवन, ललितपुर

Visit Website
कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोत साधनको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि उपयुक्त नीति निर्देशन एवं प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले वि.सं. 2052/4/1 मा कृषि विभाग अन्तर्गत व्यावसायिक कीट विकास महाशाखाको रुपमा स्थापना भई सञ्‍चालन हुदै आएको थियो । यस क्रममा वि.सं. 2057/4/1 देखि उक्त महाशाखा व्यावसायिक कीट विकास निर्देशनालयको रुपमा नामाकरण भई कार्यरत रही आएको थियो । देशको सङ्‌घीय नयाँ सांगठनिक संरचना अनुसार पुनः संरचना गर्ने क्रममा उक्त निर्देशनालयको समेत पुनः संरचना भई कृषि विभाग मातहत नै व्यावसायिक कीट विकास केन्द्र कायम भई तोकिएको कार्यादेशानुसार कार्यसम्पादन गर्दै आईरहेको छ । बहुसंख्यक श्रमजीवीहरुको आर्थिक एवं सामाजिक सुधार गर्न स्थानीय श्रोत परिचालन गरी स्थानीय विकास गर्नु सबैभन्दा महत्वपूर्ण र आधारभूत प्रक्रिया मानिएको सन्दर्भमा अशिक्षा, गरिबी र अन्य कतिपय कारणहरुले गर्दा अधिक श्रम जगेडा भई अनुत्पादक रुपमा रहेको श्रम साधनलाई उपयोगमा ल्याउन औद्योगिक श्रम प्रधान व्यावसाय भएको र कुल लगानीको करिब 60% श्रम पारिवारिक प्रयासबाटै आपूर्ति हुने हुँदा यी बालीहरुको विकास गरी गुणस्तरीय रेशम, मह, मैन तथा च्याउजन्य वस्तुहरुको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन समेत गर्न सकिने उच्च सम्भावना रहेको छ । ग्रामीण क्षेत्रमा आयमूलक रोजगारीका अवसरहरु सिर्जना गर्न रेशम खेती, मौरी पालन र च्याउ खेतीलाई अघि बढाउने नीति अनुरुप व्यावसायिक कीट विकास केन्द्र अन्तर्गत रेशमखेती विकास कार्यक्रम, मौरीपालन विकास कार्यक्रम र च्याउखेती विकास कार्यक्रम गरी तीन प्रकारका कार्यक्रमहरु समाहित छन्। यी व्यावसायिक बालीहरुको विकासको लागि साविकको व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत रेशमखेती विकास कार्यक्रम तर्फ सम्भाव्य भौगोलिक क्षेत्रका आधारमा विभिन्‍न 9 (नौ) वटा र मौरीपालन विकास कार्यक्रम तर्फ (2) दुई शाखा कार्यालयहरु सञ्‍चालनमा रहेका थिए । नयाँ संघीय संरचना अनुसार यस केन्द्र अन्तर्गत रेशम खेती तर्फ रेशम विकास केन्द्र, खोपासी र मौरी तर्फ मौरी विकास केन्द्र, गोदावरी गरी 2 वटा फार्म मात्र राखी अरु सवै फार्म केन्द्रहरु सम्बन्धित प्रदेशमा हस्तान्तरण गरीएका छन् । च्याउखेती विकास कार्यक्रम तर्फ भने हालसम्म छुट्टै शाखाको स्थापना हुन सकेको छैन । यसरी स्थापित फार्म केन्द्रहरु, प्रदेशस्तरका फार्म केन्द्रहरु, स्थानीय निकायहरु र सम्बन्धित सरकारी तथा गैह्रसरकारी संघ/संस्थाहरू, कृषकहरुसँग आवद्ध भई व्यावसायिक कीट विकास कार्यक्रमहरु सञ्‍चालन हुदै आएका छन् ।