नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुर

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुर

Visit Website
नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास प्रयासमा राष्ट्रले प्राथमिकताका साथ साधन श्रोतहरू परिचालन गर्दै आएको छ । परिचालित साधन श्रोतहरू मुख्यतयाः रासायनिक तथा जैविक प्रयासहरूमा सीमित थिए भन्दा अत्युक्ति नहोला । फलस्वरुप खाद्य सुरक्षामा केही हदसम्म सफलता प्राप्त हुनुको साथै कृषि विकासको दरमा पनि वृद्धि भएको देखिन्छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायिकरण गर्नुका साथै कृषि बजार व्यवस्थानमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । त्यसको लागि कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण हुन सक्दछ । हाम्रो जस्तो कृषि प्रधान देशको सामाजिक तथा आर्थिक सम्वृद्धि गर्न ग्रामीण आय वृद्धिको आवश्यकता पर्दछ भने ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा निर्भर गर्दछ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको संयुक्त प्रयासको आवश्यकता पर्दछ ।