नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

माटो तथा मल परिक्षण प्रयोगशाला

माटो तथा मल परिक्षण प्रयोगशाला

Visit Website
गण्डकी प्रदेशको कास्की जिल्ला, पोखरामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशको एक मात्र माटो जाँच गर्ने प्रदेश स्तरीय प्रयोगशाला हो । विगतमा 2052 सालमा खैरेनीटार तनहुँमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला स्थापना भएको थियो जुन पछि पोखरामा स्थानान्तरण भई क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, पोखरामा रुपान्तरण भयो र हाल संघियताको कार्यान्वयनसँगै यसै संरचनाले माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेशको रुप धारणा गरेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराले विगतका दिनहरु देखि नै माटो र मल परीक्षण गर्दै आएको छ जसको लागि प्रयोगशालामा मात्र माटो जाँच नगरी कृषकहरुको घर दैलो मा समेत पुगी यसै प्रयोगशालाका प्राविधिकहरुद्वारा माटो शिविरमार्फत माटो परीक्षण गर्ने गरिएको छ । माटो परीक्षणको नतिजाबाट प्राविधिकहरुले किसानहरुलाई गरेको मलखाद तथा कृषि चूनको सिफारिसको उचिन कार्यान्वयन मार्फत कृषकहरु आफ्नो कृषि कार्यको दिगोपना तथा उत्पादनसिलताको प्रभावकारिता बढाउन सफल भएका छन् ।