नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

केन्द्रिय मस्त्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजु, काठमाडौं

केन्द्रिय मस्त्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजु, काठमाडौं

Visit Website
नेपालमा मत्स्यपालनको इतिहास करिव सात दशक भन्दा लामो छ। जलस्रोतको लागि प्रचुर सम्भावना भएको हाम्रो देशमा विगत लामो समयदेखि मत्स्यपालन कार्य गरिदै आएको एउटा सफल कृषि कार्य हो । भौगोलिक विविधता र हावापानीको विशिष्टता अनुसार विगत केही दशक यता मत्स्यपालन नेपालको एक मुख्य कृषि कार्यको रुपमा विकसित हुँदै आएको छ । अझै पनि हाम्रो देशमा केही मात्रामा माछामासुको आयात भइरहेको छ। देशको भौगोलिक अवस्था अनुसार मत्स्यपालनका लागि उपयुक्त र सम्भाव्य स्थानहरुको पहिचान गरी चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछापालनको व्यवसायिक रूपमा विकास र विस्तार गर्न जरुरी देखिएको छ। मत्स्यपालन ब्यवसायलाई खाद्य पोषण सुरक्षाको दृष्टिले मात्र नभई पर्यटन, रोजगारी, आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका हिसावले पनि एउटा आधारशिलाको रुपमा लिन सकिन्छ।