नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वर, काठमाडौं

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वर, काठमाडौं

Visit Website
नेपालमा पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुका कारण पशु उत्पादन, जन स्वास्थ्य र पशु तथा पशुजन्य पदार्थको व्यापारमा प्रतिकूल असर परिरहेको छ भने पशु रोग नियन्त्रण र उन्मुलनका लागि गुणस्तरीय र विश्वसनिय खोपहरुको स्वदेशमै उत्पादन व्यवस्था हुनु पर्ने आवश्यकता छ। प्रारम्भमा गौंगोटी रोगको नियन्त्रण र उन्मुलनको सिलसिलामा सन् 1963 मा रोग निदान प्रयोगशालाको स्थापना भयो जसको मुख्य लक्ष्य पशुपंक्षिहरुको रोग पहिचान गर्नु र गौंगोटि रोग उन्मुलनको लागि बाख्राको टिष्युबाट भ्याक्सीन उत्पादन गर्नु थियो।सन् 1967 बाट यस प्रयोगशालाले एच.एस. भ्याक्सीन साथै सन् 1968 बाट रानीखेत र फावल पक्स भ्याक्सीन उत्पादन सुरु गर्यो।सन् 1971 मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रुपमा विकास गरी जैविकी उत्पादन प्रयोगशालाको रुपमा स्थापित गरियो।