नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

खोंरेत तथा सीमाविहीन पशुरोग अन्वेषण प्रयोगशाला, बुढानिलकण्ठ, काठमाडौं

खोंरेत तथा सीमाविहीन पशुरोग अन्वेषण प्रयोगशाला, बुढानिलकण्ठ, काठमाडौं

Visit Website
वि.सं. 2040 सालमा खोरेत रोग नियन्त्रण प्रयोगशालाको रुपमा स्थापना भएको यस प्रयोगशाला वि.सं. 2061/062 देखि राष्ट्रिय खोरेत तथा महामारी रोग प्रयोगशालाको रुपमा स्थापना भएको हो । यस प्रयोगशालाले स्थापनाकाल देखि नै खोरेत रोग निदान कार्य गर्दै आएको छ । साथै राष्ट्रिय मह्त्वका अन्य सिमाबिहिन पशु रोगहरु जस्तैः क्लासिकल स्वाइन फिवर (बंगुरको हैजा) र भेडामा लाग्ने निलजिबे्र रोगको पनि पहिचान गर्ने कार्य गर्दै आएको छ । सन् 2001 देखि 2010 सम्ममा खोरेत रोगको विषाणुको विभिन्न सेरोटायपहरु मध्ये ओ, (14.545) ए, (0.475) र एसिया वन (2.545) पाईएको थियो । वि.सं. 2047/048 मा देखिएको सि टायप वि.सं. 2051/052 पछि देखा परेको छैन। वि.सं. 2076/ 077 पछि एसिया वन र वि.सं. 2078/079 पछि ए टायप पनि देखा परेको छैनभने हाल ओ सिरोटायप मात्र देखिएको छ । खोरेत रोग सार्क क्षेत्रमा नियन्त्रण गर्ने कार्य WOAH/OIE and SAARC Progressive Control Pathway मा यस प्रयोगशलाले सहभागीता जनाई देशको विभिन्न रोग नफैलिएको क्षेत्रहरु र खोप नलगाएका पशुहरुबाट सिरम संकलन गरि FMD NSP ELISA Test र खोप लगाएका जनावरहरुबाट संकलित सिरमहरु FMD Antibody ELISA विधिबाट Antibody पत्ता लगाउने कार्यहरु गर्दैआएको छ । यसका साथै ब्लासिकल स्वाइन फिवर रोगको सिरोमानिटोरिङ कार्य पनि गरि आएको छ ।