नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

रेशम विकास केन्द्र, खोपासी, काभ्रे

रेशम विकास केन्द्र, खोपासी, काभ्रे

Visit Website
सन् 1971 मा 10 वर्षे कृषि आयोजना लागू भएको समयमा व्यावसायिक महत्वका कीराहरुको विकास गर्ने उद्देश्यले सन् 1975/076 मा खोपासीमा व्यावसायिक कीट विज्ञान आयोजनाको नामले मौरी सहित रेशमखेती केन्द्रको स्थापना भयो । वि.सं. 2042 सालमा स्वर्गीय राजा वीरेन्द्रबाट मध्यमाञ्‍चल क्षेत्रीय विकास भ्रमणको क्रममा खोपासी केन्द्रको निरीक्षणपछि मौरीपालनलाई खोपासीबाट ललितपुरको गोदावरीमा सारियो र 2043 सालदेखि खोपासीले रेशमखेती कार्यक्रम मात्र सम्हाल्दै आएको छ । आ.व. 2052/053 देखि कृषि विभागको सांगठनिक ढाँचामा भएको परिवर्तन पश्‍चात् यसको नाम रेशमखेती विकास शाखा खोपासी कायम भई कार्यक्रम सञ्‍चालन हुँदै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको स्वीकृत संरचना अनुसार 2074/04/01 देखी रेशमखेती विकास शाखा संघीय संरचना बमोजिम पुनः संरचना भए अनुसार परिमार्जित गरी रेशम विकास केन्द्र कायम भएको छ। यो कार्यालय काठमाडौं देखि 35 कि.मि. पूर्व काभ्रेपलाञ्‍चोक जिल्ला स्थित पनौती न.पा. वडा नं. 10 खोपासीमा रहेको छ । रेशमखेती गर्ने कृषकहरूलाई प्राविधिक सेवा टेवा संघ र प्रदेशमा स्थापना गरिएका रेशमखेती फार्म केन्द्रहरुबाट नै पुर्‍याइएको छ । रेशमखेती संचालन गरिएका जिल्लाहरुमा सयौंका संख्यामा कृषकहरु रेशमखेती समूहमा आबद्ध रहेका, र मुख्य गरी निम्न, मध्यम तथा गरिब वर्ग र महिला आवद्घ भई रेशम कीरापालन गरी कोया उत्पादन विक्रीबाट अतिरिक्त आय आर्जन गरेका छन् । नेपालमा विद्यमान विविध हावापानी सुहाउँदो रेशमखेती प्रविधि विकास गर्न, रेशम कृषकहरुलाई सल्लाह सुझाव दिन, रेखदेख गर्न, कृषकहरुको माग अनुसार किम्बु विरुवा उत्पादन गर्न र आपूर्ति गर्न, साना रेशम कीरापालन र वितरण गर्न, कृषकहरुलाई रेशमखेती सम्बन्धी तालिम प्रदान गर्न र कृषकहरुबाट उत्पादित कोयाको बजार व्यवस्था गर्न खोपासीको अलावा विभिन्न प्रदेश अन्तर्गत देशभर 8 वटा रेशम फार्महरु छन् । यी फार्महरु मध्ये पनि रेशम कीराको मातृश्रोत संरक्षण, बीज उत्पादन, संरक्षण र वितरण जस्ता कार्यहरु गर्नुपर्ने भएकोले यस केन्द्रको बेग्लै औचित्य तथा महत्व रहेको छ ।