नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

मौरी विकास केन्द्र, गोदावरी, ललितपुर

मौरी विकास केन्द्र, गोदावरी, ललितपुर

Visit Website
मौरीपालन व्यावसाय नेपालको पुर्ख्यौली पेशा हुनु, प्राकृतिक चरनको उपलब्धता, उपयुक्त हावापानी आदि कारणले गरीब जनताको जीवनस्तर उकास्नमा मद्दत पुगोस् भन्ने हेतुले मौरीपालन व्यावसायको विकास र विस्तारका लागि स्थापित यस मौरी विकास केन्द्र, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र व्यावसायिक कीट विकास केन्द्र अन्तर्गत पर्दछ । यस कार्यालयको स्थापना 2037/38 सालमा विषेश मौरीपालन कार्यक्रम भनि एउटा सानो एकाइको रुपमा रेशम खेती विकास शाखासँगै खोपासीमा भएको थियो । पछि तत्कालीन श्री 5 महाराजधिराज वीरेन्द्र सरकारबाट निर्देशन बक्स भए बमोजिम मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरको कार्यालयको रुपमा "मौरीपालन केन्द्र" को नामबाट आ.व.2042/43 मा गोदावरीमा स्थापना गरिएको हो । पछि कार्यालयको काम, प्रकृति र उद्देश्यलाई दृष्टिगत गरी आ.व. 2049/50 मा "मौरीपालन केन्द्र" को नाम परिवर्तन गरी "मौरी विकास कार्यक्रम" राखियो । पुनः आ.व.2052/53 मा यस कार्यालयलाई व्यावसायिक कीट विकास निर्देशनालयको मातहतको शाखाको रुपमा स्थापित भई "मौरी विकास शाखा" भनेर नामाकरण गरियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको वर्तमान नयाँ संरचना अनुसार यस शाखाको परिमार्जित नाम "मौरी विकास केन्द्र" रहेको छ ।