नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

आलु बाली बिकास केन्द्र निगाले, सिन्धुपाल्चोक

आलु बाली बिकास केन्द्र निगाले, सिन्धुपाल्चोक

Visit Website
राष्ट्रको आलुबाली विकास कार्यक्रमलाई सहयोग पुर्याउन बीउ आलु , आलु बीयाँ (TPS) उत्पादन एव अन्य आलु उत्पादन सम्बन्धी प्रविधिको विकास गर्ने उद्देश्यले वि.सं.2032 सालमा सिन्धुपाल्चोक जिल्लाको जेठल गा.वि.स वार्ड नं. 9 निगालेमा यस केन्द्रको स्थापना भएको हो । स्थापना काल देखि गुणस्तरीय बीउ उत्पादनको अलावा आलु उत्पादन प्रविधिहरु बाह्य सेवा कार्यक्रम अन्तर्गत किसान समुदायमा हस्तान्तरण गर्ने, आई.सि.एम. कृषक पाठशाला एवं स्थलगत तालिम, प्रदर्शनी आदि कार्यक्रम संचालन गरि आलु बाली विकास सम्बन्धि कार्य गर्दै आएको छ । यस केन्द्रले स्थापनाकाल 2032 देखि नै राष्ट्रियस्तरमा आलु वाली विकासका कार्यक्रमहरू मध्ये वीउ आलु उत्पादनमा प्रमुख भूमिका खेल्दै आएकोमा आ.व. 2044/045 मा खैरो पिप चक्के रोगको कारण वीउ आलु उत्पादन कार्यक्रम बन्द हुन पुग्यो । तथापि खैरो पिप चक्के रोगको नियन्त्रण एवं व्यवस्थापन गर्दै रोग नियन्त्रणमा ल्याई आ.व.2052/053 देखि पुनः बीउ आलु उत्पादन कार्यक्रमको साथै वाह्य सेवा संचालन कार्यक्रम तथा बीया“बाट आलु खेती प्रविधिको प्रसार समेत गर्दै वि.सं.2054/055 देखि आलु बीया“ समेत उत्पादन गर्न सक्षम भई वार्षिक औसत 15 के.जी. आलु बीया“ उत्पादन गर्दै आएको छ ।