नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

तरकारी बीउ उत्पादन केन्द्र, रुकुम

तरकारी बीउ उत्पादन केन्द्र, रुकुम

Visit Website
तरकारीबालीहरुको गुणस्तरीय बीउको बढ्दो माँगलाई दृष्टिगत गर्दै 2030/ 031 सालमा देशका विभिन्नक्षेत्रहरुमा बागबानी तथा तरकारी फार्म केन्द्रहरुको स्थापना भएको हो।बीउको बढ्दो माँगको आपूर्ति सरकारी फार्म केन्द्रहरुले मात्र गर्न असम्भव भएकोले 2032 सालदेखि नै विभिन्न बागबानी फार्म केन्द्रहरुको कमाण्ड क्षेत्र अन्तरगत रहेका जिल्लाहरुमा कृषकस्तरमा तरकारी बीउको उत्पादन गराई माँगआपूर्ति गर्ने परिपाटी शुरु गरिएको थियो।सोही अनुसार राप्ती अञ्चलका विभिन्न जिल्लाहरुका तरकारी बीउ उत्पादन पकेटक्षेत्रहरुमा सेवा प्रदान गर्ने उद्देश्यले 2035 सालमा यसकेन्द्रको स्थापना भएको हो।स्थापना भएदेखि नै यसकेन्द्रले कृषि विभाग, तत्कालीन तरकारी विकासनिर्देशनालय तथा हाल राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रको मातहतमा रही तरकारी बीउको प्रजनन तथा मूल बीउ उत्पादन, तरकारी बाली सम्बन्धि अध्ययन परिक्षण, जातीय सम्बर्धन तथा संरक्षण जस्ता कार्यहरु गर्दै आइरहेको छ।हाल यसकेन्द्रले16किसिमका विभिन्न तरकारीबालीहरुका 19 वटा जातहरुको प्रजनन् , मूल तथा उन्नत बीउ उत्पादन गर्दै आइरहेको छ र विशेषगरी मिनोअर्ली जातको मूला , रेडक्रियोल जातको प्याज , काठमाण्डौं स्थानीय जातको काउली र खुमलचौडापात जातको रायोको लागि यो केन्द्र देशकै मुख्य श्रोतकेन्द्रको रुपमा रही आएको छ।