नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

शीतोष्ण बागवानी केन्द्र, मार्फा, मुस्ताङ

शीतोष्ण बागवानी केन्द्र, मार्फा, मुस्ताङ

Visit Website
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र अन्तर्गत रहेको यस शितोष्ण बागबानी विकास केन्द्रको स्थापना तत्कालिन श्री 5 को सरकारको तेश्रो पञ्चवर्षीय योजनाकालमा भारतीय सहयोग नियोग र नेपाल सरकारको संयुक्त प्रयासमा 2023 साल भाद्र 14 गते अर्चाड कम नर्सरीको रुपमा स्थापना भएको हो। मुस्ताङ्ग जिल्ला घरपझोङ गाउँपालिका वडा नं. 2 मा अवस्थित यस केन्द्रले 53 वर्षको लामो अवधिमा बिभिन्न विभाग, परिषद अन्तर्गत रही (अर्चाड कम नर्सरी थाक मार्फा 2023 साल, कृषि फार्म थाक मार्फा 2029 साल, राष्ट्रिय शितोष्ण बागवानी अनुसन्धान केन्द्र मार्फा 2043 साल, बागवानी केन्द्र मार्फा 2052 साल र शितोष्ण बागवानी विकास केन्द्र मार्फा 2061 साल) विभिन्न बागवानीजन्य क्रियाकलापहरु संचालन गर्दै राष्ट्रिय स्रोत केन्द्रको रुपमा कार्य गर्दै आएको छ । स्थापनाकालमा 20 रोपनी जमिनबाट शुरु भएको यस केन्द्रले 2029 र 2035 सालमा जग्गा बढाउंदै हाल 176 रोपनी (175 रोपनी मार्फामा र 1 रोपनी जोमसोममा) क्षेत्रफलमा फैलिएको छ । सशस्त्र द्वन्द्वको समयमा वि.सं. 2058 सालदेखि केन्द्रको स्वामित्वमा रहेको थासाङ–4, घाँसा स्थित 20 रोपनी जग्गा सुरक्षा निकाय (नेपाली सेना) ले प्रयोग गर्दै आइरहेको छ ।