नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

सुन्तली जात फलफूल विकास केन्द्र

सुन्तली जात फलफूल विकास केन्द्र

Visit Website
वि.सं. 2025 सालमा कृषि फार्म प्रयोगशालाको नाममा स्थापित भई वि.सं.2049/50 मा नाम परिवर्तन भई वागवानी फार्म पाल्पा नामाकरण भएको । वि.सं.2052 सालमा पुनः वागवानी केन्द्र नामाकरण गरिएको । पछि 2061/8/4 को निर्णयले सुन्तलाजात फलफुल विकास केन्द्र, पाल्पा नामाकरण भएको छ । हाल सुन्तलाजात फलफुल विकास केन्द्र, पाल्पा नामाकरण गरिए तापनि पुरानो वागवानी फार्म/केन्द्रले पु¥याउदै आएको सम्पूर्ण वागवानी सेवाहरु यथावत राखी सुन्तलाजात फलफुलहरुको स्रोत केन्द्रको रुपमा विकास गरिदै लगिएको छ । यस केन्द्रले वर्षेनी फलफुलतर्फ सुन्तलाजातका (सुन्तला, जुनार, कागतीका विभिन्न जातका), विभिन्न फुलका विरुवाहरु तथा तरकारी विउ उत्पादन तर्फ मूला (प्यूठाने रातो) सिमी (चौमासे) र प्याज (एग्रीफाउण्ड डार्करेड) जातका श्रोत बीउहरु उत्पादन गरी माग अनुसार सुलभ तरिकाबाट विक्री वितरण गर्दै आइरहेको छ ।