नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

पोर्टलको बारेमा

कृषि तथा पशुपन्छी विकाससँग सम्बन्धित विभिन्न सार्वजनिक निकायहरूको वेबसाइटमा नीति, कार्यक्रम, सेवा, प्राविधिक जानकारी, प्रकाशन तथा अन्य उपयोगी सूचना उपलब्ध छन्। तर यी सूचना तथा जानकारी विभिन्न वेबसाइटमा छरिएर रहेकाले किसान, कृषि उद्यमी, कृषि प्राविधिक तथा अन्य सरोकारवालाहरूलाई आवश्यक जानकारी खोज्न, प्राप्त गर्न तथा उपयोग गर्न सहज हुने अवस्था छैन। यस समस्यालाई समाधान गर्दै सम्बन्धित निकायहरूका वेबसाइटमा उपलब्ध सूचना तथा जानकारीलाई एउटै प्लेटफर्ममार्फत एकीकृत रूपमा उपलब्ध गराई सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को प्राविधिक सहयोगमा सञ्चालित TCP/NEP/3902: Support to Enhancing the Agriculture and Livelihoods of Farmers through Digital Village Initiatives परियोजनाअन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा किसान पोर्टल (https://kisan.aitc.gov.np) को विकास गरिएको हो। यस पोर्टलमार्फत कृषि तथा पशुपन्छी विकाससँग सम्बन्धित विभिन्न सरकारी निकायहरूका वेबसाइटमा रहेका सूचना, सेवा तथा प्राविधिक सामग्रीलाई एउटै माध्यमबाट सहज रूपमा अवलोकन, खोजी तथा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले सूचना पहुँचलाई सरल, छिटो र प्रभावकारी बनाउँदै किसान तथा अन्य सरोकारवालाहरूलाई आवश्यक जानकारी समयमै प्राप्त गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

थप पढ्नुहोस् ..

सूचना तथा समाचार

वृत्तचित्र

थप हेर्नुहोस्
कुकुरले चाट्दा रेबिज रोग लाग्छ कि लाग्दैन??
कुकुरले चाट्दा रेबिज रोग लाग्छ कि लाग्दैन??
प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे जानकारी
प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे जानकारी